Connect with us
Advertisement

सगरमाथामा पाइला टेक्ने सुन्दरहरैंचाकी छोरी (नारी दिवस विशेष–८ )

नारी दिवसको अवसर पारी निष्पक्ष खबरले विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्किरहेको छ । त्यसै क्रममा पत्रकार तथा सगरमाथा आरोही सुन्दरहरैंचा–१० की रोसा बस्नेतको सगरमाथा चढ्दाको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

रोसा बस्नेत सुन्दरहरैंचाकी सबैभन्दा साहसी महिला हुन् । १ सय मिटर अग्लो डाँडो चढ्नुप¥यो भने हिम्मत हार्नेका अगाडि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा चढ्नु चानचुने कुरा होइन । त्यसमाथि उनी तराईमा हुर्किएकी । उनको पुस्ता हिमाल त परको कुरा पहाड वा चुरेको फेदीसम्म नपुगेको पनि हुन सक्छ । तर उनले हिम्मत लिइन् । पेशाले पत्रकारिता क्षेत्रमा आबद्ध उनी सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को अङ्ग्रेजी समाचार विभागकी सम्पादक हुन् ।

काठमाडौं उपत्यका बाहिर रहेकी उनी संग इमेल चलाउन पर्याप्त सेवा सुविधा नभए पनि हामीले इमेलमा लेखेर पठाएका १४ प्रश्नमध्ये उनले केही प्रश्नको जवाफ इमेलमै पठाइन् त्यो जवाफ दिन उनलाई इन्टरनेटमा समस्या भइरहेका कारण केहि समय नै लागे पनि हाम्रा प्रश्न समय सान्दर्भिक भएकाले असहज परिस्थितिमा भए पनि पठाइन् । हरेक प्रश्नको फरकफरक समयमा उत्तर आएपछि यो सामग्री तयार भयो । उनको बारेमा उनका आफन्त तथा छिमेकी र उनी अध्ययनरत शिक्षालयका शिक्षकसँग भेट गर्ने समय पनि मिलाउन नसकेकाले अपूर्ण नै भए पनि नारी दिवसको अवसर पारी यो सामग्री प्रकाशन गरिएको छ ।

‘लक्ष्य त ८ हजार ८ सय ४८ मिटरमा पाइला टेक्नु थियो । जतिजति माथि पुग्यो उतिउति नै कम शब्द मन मष्तिष्कमा आइरहेका थिए । आफू जाँदै गरेको ठाउँ पृथ्वीको सबैभन्दा अग्लो ठाउँ भएकाले त्यहाँको भौगोलिक अवस्थाको परिकल्पना अनुभव गरिरहेकी थिएँ ।’

बस्नेतले सगरमाथा चढ्ने सपना भने सानैदेखि मनमा सजाएर राखेकी थिइन् । परिवार, समाज र विद्यालयमा पुरुष र महिलामा गरिने व्यवहार र बोलीमा देखिएको विभेद पचाउन उनलाई गाह्रो भयो । फलस्वरूप महिला भएर पनि केही गर्न सक्छे है भन्ने सन्देश दिन र पुरुष पुग्ने ठाउँमा महिला पनि सक्षम छन् भन्ने उदाहरण दिन पनि सगरमाथा चढेको उनी बताउँछिन् । सगरमाथालाई शेर्पा समुदायमा आकाशकी देवी भनिन्छ । उनी भन्छिन्, ‘म पनि शक्तिको स्वरूप मान्ने गर्थँे । हिमाल चढ्ने सोच आएदेखि नै आस्था बढिरहेको थियो ।’

दाकिपा शेर्पा उनका गाइड थिए । उनलाई सगरमाथा चढ्ने सोच सानैदेखि आए पनि जब पहिलो महिला सगरमाथा आरोही जुनको तावेइको देहान्त भएको समाचार उनले सम्पादन गर्नुप¥यो तब उनी रन्थनिइन् । उनलाई आफ्नो साथी नै गुमाएजस्तो भएको थियो । खल्लो महसुस भएको थियो । एक दुइ वर्ष उनी बाँचेकी भए उनलाई भेट्न र अनुभव सुन्न पाउँथेजस्तो त्यसबेला उनलाई लाग्यो । सगरमाथासम्बन्धी सबै समाचार गर्ने जिम्मा उनको काँधमा थियो ।

त्यसो त हिमाल वा सगरमाथासँग उनको जीवनका कतिपय घटनाको संयोग पनि छ । उनी भन्छिन्, ‘म जन्मिएको ३ वर्षपछि जन्मिएको मेरो भाइको नाम पर्वत राखियो । र भाई २७ वर्ष हुदा म सगरमाथामा पाइला राख्न सफल भए । उनले कक्षा १० सम्म पढेका ३ विद्यालय मध्ये एउटा हिमालय सेकेण्डरी बोडिङ स्कुल न्युरोड, सुकुना स्कुल सुन्दरहरैंचा हुन् । त्यसपछि पढेको कलेज सगरमाथा मल्टिपल कलेज हो ।

उनी जहाँ हुर्किइन् त्यो गाउँका मान्छेमा भ्रम थियो । यो समुदायका महिलाले पनि हिमाल चढ्छन् भन्ने विश्वासै गर्दैनथिए । त्यसैको इख उनको मनमा यसरी बस्यो कि ४१ दिन लगाएर गरेको आरोहण अभ्यासको समयमा कहिल्यै पनि म हिमाल चढ्न सक्दिनँ कि भनेर सोच्दै सोचिनन् । पत्रकारितामार्फत् नै अलि फरक तरिकाबाट आवाज उठाउन सकिन्छ कि भनेर सगरमाथा चढ्ने सोच थप बलियो बनाएको उनको भनाइ छ ।

चुचुरोमा पुग्दा कस्तो अनुभूति भयो त भन्दा उनी भन्छिन्, ‘आँखाले मष्तिष्कलाई योभन्दा माथि पृथ्वी छैन है भनिरहेको थियो । भौगोलिक अवस्था हेर्ने र आपूmलाई सगरमाथा चढ्न सहयोग गर्ने व्यक्तिका तस्बिर आँखामा आइरहेको थियो । चम्किलो क्षितिज, हिमालैहिमाल अनि घमाइलो र रोमाञ्चकारी दृश्य देखिन्थ्यो । त्यहाँबाट तिब्बततर्फ एक साइटमा कम भूभाग र नेपालतर्फ एक साइटमा हिमालैहिमाल देखिन्थ्यो । चुचुरोमा पुग्नासाथ आफ्नो उद्देश्यअनुसार शुरुमा हिमाललाई ढोगेँ । शिवलिङ्ग निकालेर प्रतिस्थापन गरँे । अनि आफ्नो गाइड शेर्पालाई धन्यवाद दिएँ । त्यसपछि फोटो खिच्ने काम भयो । विचारशून्य अवस्था आयो । यो पृथ्वीको सबैभन्दा अग्लो ठाउँ हो भन्ने सोचाइ मात्रै आइरह्यो ।’


आरोहणका क्रममा स्वास्थ्य र मौसमले महत्वपूर्ण भूमिका खेल्ने र दुवैले आफूलाई साथ दिएकाले सफलता चुम्न सहज भएको उनले बताइन् । यसरी २०७५ सालको जेठ ९ गते बिहान उनी सगरमाथाको टुप्पोमा पाइला टेक्न सफल भइन् ।

सगरमाथा चढ्नुभन्दा १ महिना अघिदेखि उनको काम हिँड्ने मात्रै हुन्थ्यो । त्यसभन्दा बाहेक कुनै सोच नआएकाले लक्ष्यमा सफल हुन्छु भन्ने उनलाई लागेको थियो । १ महिनासम्म हिमालको काखमा खेलेकी उनी सगरमाथा चढेर आएपछि एकान्तप्रेमी भइन् । सगरमाथा चढेर फर्किएको केही दिनसम्म एकान्तमात्रै प्यारो लाग्ने गरेको उनले सुनाइन् ।

जब चुचुरोमा पुगिन् अनि त्यसपछि अब कसरी फर्किने भन्ने उनको दिमागमा घुम्न थाल्यो । मौसम खुलेकाले अक्सिजनबिना नै बोल्न सक्ने अवस्था भने थियो ।

सगरमाथा चढ्न उनलाई उनी कार्यरत कार्यालयले पूर्ण सहयोग गरेको थियो । मनोबल बढाउने काम साथीहरूबाट भएको उनले स्मरण गरिन् । नायिका मनिषा कोइराला र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मनोबल बढाउन र हौसला प्रदान गर्न धेरै भूमिका खेलेको उनी आज सम्झिरहेकी छिन् ।

सगरमाथा चढ्नभन्दा ओर्लिन गाह्रो हुन्छ भनेर अग्रजले सुनाएका थिए । त्यसैले ज्यादै होशियारीका साथ सगरमाथाको शिखरबाट उनी ओर्लन थालिन् । ओर्लँदा धेरै दुःख हुन्छ भने पनि कतिसम्म दुःख हुँदो रहेछ त्यसको सामना गर्ने भनेर उनले अठोट लिएकी थिइन् । जसले गर्दा पनि उनलाई ओर्लन थप साहस जुट्यो ।

कुनै पनि काममा सफल हुन आफ्नो ध्यान सबै त्यहीँ खिच्नुपर्छ भन्ने अनुभव हिमाल चढेर आइसकेपछि उनले गरिन् । महिला पत्रकार पनि सक्षम छौँ भन्ने सन्देश दिन सकेकोमा खुशी लागेको उनी बताउँछिन् ।

अहिले उनी पत्रकारिताका साथै पर्वतारोहणसम्बन्धी विभिन्न प्रोजेक्टमा काम गरिरहेकी छिन् । नेपाललाई संसारभर चिनाउने हिमाललाई थप चिनाउन केही गर्न सकूँ र महिलालाई मिडियामा आउन प्लेटफर्म दिन सकूँ भन्ने उद्देश्य राखेर अहिले काम गरिरहेको उनको भनाइ छ ।

यस्तै आफू जन्मीएको हुर्केको गाउँलाई कहिल्यै नभुल्ने र सधै यस क्षेत्रलाई चिनाउन लागि पर्ने बताइन् । उनी अहिले नयाँ नौलो र नविनतम कार्यमा व्यस्त छिन् त्यसैले समाजिक सञ्जाल, मोबाइल फोनमा समेत कम समय दिएकाले हाम्रो प्रस्तावलाई जन्म गाउँको प्रस्ताव सम्झीएर ग्रहण गर्दै उत्तर दिनु सुन्दरहरैंचाको माया र ममता झल्काइराख्नु थियो ।

अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)

केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)

यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)

६८ वर्षको उमेरमा पनि स्वास्थ्य चेतना फैलाइरहेकी ‘शोभा दिदी’ (नारी दिवस विशेष–४)

बुबाको हौसला र साथीको प्रेरणाले अघि बढेकी नृत्यकार नीलम (नारी दिवस विशेष–५ )

नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद हो (नारी दिवस विशेष– ६)

३० वर्षदेखि एउटै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत मीना चौधरी (नारी दिवस विशेष–७)

 

 

Continue Reading

Facebook Comment

19 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक