कोशी प्रदेश
सगरमाथामा पाइला टेक्ने सुन्दरहरैंचाकी छोरी (नारी दिवस विशेष–८ )
नारी दिवसको अवसर पारी निष्पक्ष खबरले विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्किरहेको छ । त्यसै क्रममा पत्रकार तथा सगरमाथा आरोही सुन्दरहरैंचा–१० की रोसा बस्नेतको सगरमाथा चढ्दाको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।
रोसा बस्नेत सुन्दरहरैंचाकी सबैभन्दा साहसी महिला हुन् । १ सय मिटर अग्लो डाँडो चढ्नुप¥यो भने हिम्मत हार्नेका अगाडि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा चढ्नु चानचुने कुरा होइन । त्यसमाथि उनी तराईमा हुर्किएकी । उनको पुस्ता हिमाल त परको कुरा पहाड वा चुरेको फेदीसम्म नपुगेको पनि हुन सक्छ । तर उनले हिम्मत लिइन् । पेशाले पत्रकारिता क्षेत्रमा आबद्ध उनी सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को अङ्ग्रेजी समाचार विभागकी सम्पादक हुन् ।
काठमाडौं उपत्यका बाहिर रहेकी उनी संग इमेल चलाउन पर्याप्त सेवा सुविधा नभए पनि हामीले इमेलमा लेखेर पठाएका १४ प्रश्नमध्ये उनले केही प्रश्नको जवाफ इमेलमै पठाइन् त्यो जवाफ दिन उनलाई इन्टरनेटमा समस्या भइरहेका कारण केहि समय नै लागे पनि हाम्रा प्रश्न समय सान्दर्भिक भएकाले असहज परिस्थितिमा भए पनि पठाइन् । हरेक प्रश्नको फरकफरक समयमा उत्तर आएपछि यो सामग्री तयार भयो । उनको बारेमा उनका आफन्त तथा छिमेकी र उनी अध्ययनरत शिक्षालयका शिक्षकसँग भेट गर्ने समय पनि मिलाउन नसकेकाले अपूर्ण नै भए पनि नारी दिवसको अवसर पारी यो सामग्री प्रकाशन गरिएको छ ।
‘लक्ष्य त ८ हजार ८ सय ४८ मिटरमा पाइला टेक्नु थियो । जतिजति माथि पुग्यो उतिउति नै कम शब्द मन मष्तिष्कमा आइरहेका थिए । आफू जाँदै गरेको ठाउँ पृथ्वीको सबैभन्दा अग्लो ठाउँ भएकाले त्यहाँको भौगोलिक अवस्थाको परिकल्पना अनुभव गरिरहेकी थिएँ ।’
बस्नेतले सगरमाथा चढ्ने सपना भने सानैदेखि मनमा सजाएर राखेकी थिइन् । परिवार, समाज र विद्यालयमा पुरुष र महिलामा गरिने व्यवहार र बोलीमा देखिएको विभेद पचाउन उनलाई गाह्रो भयो । फलस्वरूप महिला भएर पनि केही गर्न सक्छे है भन्ने सन्देश दिन र पुरुष पुग्ने ठाउँमा महिला पनि सक्षम छन् भन्ने उदाहरण दिन पनि सगरमाथा चढेको उनी बताउँछिन् । सगरमाथालाई शेर्पा समुदायमा आकाशकी देवी भनिन्छ । उनी भन्छिन्, ‘म पनि शक्तिको स्वरूप मान्ने गर्थँे । हिमाल चढ्ने सोच आएदेखि नै आस्था बढिरहेको थियो ।’
दाकिपा शेर्पा उनका गाइड थिए । उनलाई सगरमाथा चढ्ने सोच सानैदेखि आए पनि जब पहिलो महिला सगरमाथा आरोही जुनको तावेइको देहान्त भएको समाचार उनले सम्पादन गर्नुप¥यो तब उनी रन्थनिइन् । उनलाई आफ्नो साथी नै गुमाएजस्तो भएको थियो । खल्लो महसुस भएको थियो । एक दुइ वर्ष उनी बाँचेकी भए उनलाई भेट्न र अनुभव सुन्न पाउँथेजस्तो त्यसबेला उनलाई लाग्यो । सगरमाथासम्बन्धी सबै समाचार गर्ने जिम्मा उनको काँधमा थियो ।
त्यसो त हिमाल वा सगरमाथासँग उनको जीवनका कतिपय घटनाको संयोग पनि छ । उनी भन्छिन्, ‘म जन्मिएको ३ वर्षपछि जन्मिएको मेरो भाइको नाम पर्वत राखियो । र भाई २७ वर्ष हुदा म सगरमाथामा पाइला राख्न सफल भए । उनले कक्षा १० सम्म पढेका ३ विद्यालय मध्ये एउटा हिमालय सेकेण्डरी बोडिङ स्कुल न्युरोड, सुकुना स्कुल सुन्दरहरैंचा हुन् । त्यसपछि पढेको कलेज सगरमाथा मल्टिपल कलेज हो ।
उनी जहाँ हुर्किइन् त्यो गाउँका मान्छेमा भ्रम थियो । यो समुदायका महिलाले पनि हिमाल चढ्छन् भन्ने विश्वासै गर्दैनथिए । त्यसैको इख उनको मनमा यसरी बस्यो कि ४१ दिन लगाएर गरेको आरोहण अभ्यासको समयमा कहिल्यै पनि म हिमाल चढ्न सक्दिनँ कि भनेर सोच्दै सोचिनन् । पत्रकारितामार्फत् नै अलि फरक तरिकाबाट आवाज उठाउन सकिन्छ कि भनेर सगरमाथा चढ्ने सोच थप बलियो बनाएको उनको भनाइ छ ।
चुचुरोमा पुग्दा कस्तो अनुभूति भयो त भन्दा उनी भन्छिन्, ‘आँखाले मष्तिष्कलाई योभन्दा माथि पृथ्वी छैन है भनिरहेको थियो । भौगोलिक अवस्था हेर्ने र आपूmलाई सगरमाथा चढ्न सहयोग गर्ने व्यक्तिका तस्बिर आँखामा आइरहेको थियो । चम्किलो क्षितिज, हिमालैहिमाल अनि घमाइलो र रोमाञ्चकारी दृश्य देखिन्थ्यो । त्यहाँबाट तिब्बततर्फ एक साइटमा कम भूभाग र नेपालतर्फ एक साइटमा हिमालैहिमाल देखिन्थ्यो । चुचुरोमा पुग्नासाथ आफ्नो उद्देश्यअनुसार शुरुमा हिमाललाई ढोगेँ । शिवलिङ्ग निकालेर प्रतिस्थापन गरँे । अनि आफ्नो गाइड शेर्पालाई धन्यवाद दिएँ । त्यसपछि फोटो खिच्ने काम भयो । विचारशून्य अवस्था आयो । यो पृथ्वीको सबैभन्दा अग्लो ठाउँ हो भन्ने सोचाइ मात्रै आइरह्यो ।’

आरोहणका क्रममा स्वास्थ्य र मौसमले महत्वपूर्ण भूमिका खेल्ने र दुवैले आफूलाई साथ दिएकाले सफलता चुम्न सहज भएको उनले बताइन् । यसरी २०७५ सालको जेठ ९ गते बिहान उनी सगरमाथाको टुप्पोमा पाइला टेक्न सफल भइन् ।
सगरमाथा चढ्नुभन्दा १ महिना अघिदेखि उनको काम हिँड्ने मात्रै हुन्थ्यो । त्यसभन्दा बाहेक कुनै सोच नआएकाले लक्ष्यमा सफल हुन्छु भन्ने उनलाई लागेको थियो । १ महिनासम्म हिमालको काखमा खेलेकी उनी सगरमाथा चढेर आएपछि एकान्तप्रेमी भइन् । सगरमाथा चढेर फर्किएको केही दिनसम्म एकान्तमात्रै प्यारो लाग्ने गरेको उनले सुनाइन् ।
जब चुचुरोमा पुगिन् अनि त्यसपछि अब कसरी फर्किने भन्ने उनको दिमागमा घुम्न थाल्यो । मौसम खुलेकाले अक्सिजनबिना नै बोल्न सक्ने अवस्था भने थियो ।
सगरमाथा चढ्न उनलाई उनी कार्यरत कार्यालयले पूर्ण सहयोग गरेको थियो । मनोबल बढाउने काम साथीहरूबाट भएको उनले स्मरण गरिन् । नायिका मनिषा कोइराला र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मनोबल बढाउन र हौसला प्रदान गर्न धेरै भूमिका खेलेको उनी आज सम्झिरहेकी छिन् ।
सगरमाथा चढ्नभन्दा ओर्लिन गाह्रो हुन्छ भनेर अग्रजले सुनाएका थिए । त्यसैले ज्यादै होशियारीका साथ सगरमाथाको शिखरबाट उनी ओर्लन थालिन् । ओर्लँदा धेरै दुःख हुन्छ भने पनि कतिसम्म दुःख हुँदो रहेछ त्यसको सामना गर्ने भनेर उनले अठोट लिएकी थिइन् । जसले गर्दा पनि उनलाई ओर्लन थप साहस जुट्यो ।
कुनै पनि काममा सफल हुन आफ्नो ध्यान सबै त्यहीँ खिच्नुपर्छ भन्ने अनुभव हिमाल चढेर आइसकेपछि उनले गरिन् । महिला पत्रकार पनि सक्षम छौँ भन्ने सन्देश दिन सकेकोमा खुशी लागेको उनी बताउँछिन् ।
अहिले उनी पत्रकारिताका साथै पर्वतारोहणसम्बन्धी विभिन्न प्रोजेक्टमा काम गरिरहेकी छिन् । नेपाललाई संसारभर चिनाउने हिमाललाई थप चिनाउन केही गर्न सकूँ र महिलालाई मिडियामा आउन प्लेटफर्म दिन सकूँ भन्ने उद्देश्य राखेर अहिले काम गरिरहेको उनको भनाइ छ ।
यस्तै आफू जन्मीएको हुर्केको गाउँलाई कहिल्यै नभुल्ने र सधै यस क्षेत्रलाई चिनाउन लागि पर्ने बताइन् । उनी अहिले नयाँ नौलो र नविनतम कार्यमा व्यस्त छिन् त्यसैले समाजिक सञ्जाल, मोबाइल फोनमा समेत कम समय दिएकाले हाम्रो प्रस्तावलाई जन्म गाउँको प्रस्ताव सम्झीएर ग्रहण गर्दै उत्तर दिनु सुन्दरहरैंचाको माया र ममता झल्काइराख्नु थियो ।
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)
६८ वर्षको उमेरमा पनि स्वास्थ्य चेतना फैलाइरहेकी ‘शोभा दिदी’ (नारी दिवस विशेष–४)
बुबाको हौसला र साथीको प्रेरणाले अघि बढेकी नृत्यकार नीलम (नारी दिवस विशेष–५ )
नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद हो (नारी दिवस विशेष– ६)
३० वर्षदेखि एउटै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत मीना चौधरी (नारी दिवस विशेष–७)
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login